relans
ni new 83
nib 2082 5

संरक्षणको पर्खाइमा ऐतिहासिक शिवगढी

Janjati Khabar – जनजाति खबर | २०७६ माघ २४, शुक्रबार

प्रदेश नं ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कपिलवस्तुको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र शिवगढीलाई संरक्षण गर्न उच्च प्राथमिकतामा राखेको छ । यसका लागि मन्त्रालयले आवश्यक रकम विनियोजन समेत गरेको जनाइएको छ । प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले बिहीबार सो क्षेत्रको निरीक्षण गर्नुहुँदै पर्यटकीय गन्तव्यको रुपमा विकसित गरिने जानकारी दिनुभयो । शिवराज नगरपालिका–१ धानखोलाबाट दुई घण्टा पैदलयात्रा गरी सो स्थानसम्म पुग्न सकिन्छ । मनोरम दृश्यको अवलोकन गर्न सकिन्छ । सो गढी अङ्ग्रेजसँगको लडाइँमा निर्माण गरिएको ऐतिहासिक किल्ला मानिन्छ । शिवगढीबाट प्यूठानको स्वर्गद्वारी, अर्घाखाँचीको सुपादेउराली, गुल्मीको रिडीसम्म पुग्ने पथ निर्माण गरी पर्यटकीय क्षेत्रको करिडोर बनाउने प्रदेश सरकारको योजना रहेको मन्त्री गिरी जानकारी दिनुभयो । प्रदेश उद्योग पर्यटन समितिका सभापति दधिराम न्यौपाने कपिलवस्तु जिल्लामा ऐतिहासिकस्थल धेरै रहेकाले भ्रमण वर्ष २०२० मा पर्यटकलाई यहाँसम्म ल्याउनुपर्ने बताउनुभयो । प्रदेश सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डेयले शिवगढीको विकासका विशेष योजनाका साथ काम गर्ने जानकारी दिनुभयो । प्रदेशसभा सदस्य अर्जुन केसीले शिवगढीको संरक्षण र विकासमा गुरुयोजना निर्माण गरी कार्यान्वयनमा जोडदिनुभयो । सो अवलोकनमा प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरी, प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल, शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी, प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, डिभिजन वन कार्यालयका प्रमुख दुर्गा कार्की, इलाका प्रशासन कार्यालयका प्रमुख शङ्कर विष्टको सहभागीता रहेको थियो ।
Categorized in राष्ट्रिय
ppp 2