STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

संघीय सांसदत्रय खनाल, पराजुली र शाहद्वारा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना

Janjati Khabar – Janjati Khabar | २०८० पौष ९, सोमबार

काठमाडौं - काठमाडौं क्षेत्र नं. ६ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य शिशिर खनाल, ७ बाट निर्वाचित गणेश पराजुलीका र समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य असिम शाहको संयुक्त आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

‘जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छ’ भन्ने मान्यतालाई आत्मसात गर्दै काठमाडौं नयाँ बसपार्कस्थित बिजी ब्यांक्वेटमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै समानुपातिक सांसद असिम साहले मतदाताले जिताएपश्चात् संसदमा खाएको सपथ अनुसार काम गर्न आफू प्रतिवद्ध रहेको बताउनुभयो । यस्तै अर्का सांसद शिशिर खनालले पारदर्शिता र जवाफदेहिता लोकतन्त्रको सुन्दर पक्ष भएकोले त्यसको मर्मलाई आत्मसात गरिनुपर्ने बताउनुभयो । सांसद गणेश पराजुलीले तीनै तहका सरकारसँग हातेमालो गर्दै सरोकारवाला निकायहरूसँग समन्वय गरी मतदाताको मागलाई सम्वोधन गर्दै आएको र भोलिका दिनमा पनि त्यस्तो कार्य जारी रहने बताउनुभयो । 

उक्त कार्यक्रममा विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाह गर्ने सरोकारवाला निकायहरू अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, सडक डिभिजन कार्यालय, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, चक्रपथ सुधार योजना,  सडक विभाग, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकारणका प्रतिनिधिहरू र काठमाडौंका सहायक प्रजिअसमेतको उपस्थिति रहेको थियो ।

Categorized in राजनीति