relans
ni new 83
nib 2082 5

संगीतमय फिल्म ‘हङकङ र चाईना ३’ भव्य प्रिमियर

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ आषाढ ८, शनिबार

माननीय उप सभामुख ईन्दिरा राना मगरको प्रमुख आतिथ्यमा नेपाल चलचित्र बिकास बोर्ड चाबहिलमा शुक्रवार विभिन्न झाँकी सहित ‘हङकङ र चाईना ३’ संगीतमय फिल्मको प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा नाल्बो के लाङ परिवारको च्याब्रुङ नाच, धन नाच सहित पाहुनाहरुको भव्य स्वागत गरिएको थियो । फिल्मको तर्फबाटं प्रमुख अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने फिल्म निर्माणमा सहयोग पुर्याउनु हुने प्राबिधिक, कलाकारहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा मोडल रुपा आङ्वुहाङ लिम्बुले उपस्थित पाहुनाहरुलाई सिलाङ साक्मा लगाइदिएर स्वागत गरेकी थिइन । प्रिमियरमा मा. निर्मला तावा प्रदेस १ सभा सदस्य एवं पुर्ब स्वाथ्य मन्त्री, लिलादेवि बोखिम प्रतिनिधि सभा सदस्य, किरात याक्थुङ चुम्लुङ केन्द्रिय अध्यक्ष प्रेम यक्तेन, नायिका प्रबिन पन्धाक, याक्थुङ मञ्चका अध्यक्ष सागर केरुङ, नायिका बबिता नेयोहाङ, समाजसेबि निर्मात्री तारा सेरेङ, गायिका बिष्णु चेम्जोङ, चलचित्र निर्देशक उदय सुब्बा, आदिबासि चलचित्र प्रबध्र्दन समितिका अध्यक्ष ज्योतिराज राई लगायत बिभिन्न संघसंस्थाका व्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

चोकफुङ इन्टरटेनमेन्ट प्रालिको प्रस्तुती ‘हङ्कङ चाईना ३’मा प्रेम सुब्बा, मनु नेम्बाङ, गीता पालुङ्वा, बिमला ईवारम, नैना कला वनेम, रत्न लावति लिङ्देन, उदय बेघा लगायतको अभिनय रहेको ‘हङ्कङ चाईना ३’ का निर्देशक लोकेन सावाँ लिम्बु हुन् ।

पालाम म्युजिकल फिल्मको शब्द गीता पालुङवा, स्वर मनु नेम्बाङ, शीव कुमार सम्बाहाङफे, संगीत संयोजन श्याम आङ्ला, ब्यागराउण्ड म्युजिक अशोक लोहरुङ राई, साउण्ड सुनयमान श्रेष्ठ, सम्पादन बिकास दाहाल, निर्माता गीता पालुङ्वाको अफिसियल च्यानलले बजारमा ल्याएको ‘हङकङ र चाईना ३’ कार्यक्रमलाई सञ्चारकर्मी सम्पदा लिम्बुले सहजिकरण गरेकी थिइन । 

https://www.youtube.com/watch?v=aMWtxWv3_AQ&ab_channel=GitaPalungwaOfficialChannel

 

Categorized in सिनेमा
ppp 2