STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

संखुवासभा सामूहिक हत्यामा आफन्तकाे संलग्नता, भतिजा पक्राउ

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र २६, शनिबार

संखुवासभाको मादी नगरपालिका–१, उमलिङका तेजबहादुर कार्कीको परिवारको सामूहिक हत्या परिवारकै आफन्तले गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कार्कीको परिवारको हत्या उनकै भतिज पर्ने २६ वर्षीय लोकबहादुर कार्कीले गरेकाे खुलेकाे हाे । लोकबहादुरको साथबाट प्रहरीले हत्या गर्न प्रयोग गरिएको हथौडा र रगतले लत्पतिएको कपडासमेत बरामद गरेको दाबी गरेको छ ।

उनको घर तेजबहादुर कार्कीको घर नजिकै रहेको छ ।

उनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएकाे छ।

उनलाई आइतबार पत्रकारसम्मेलन मार्फत सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

२१ भदौमा तेजबहादुर कार्कीसहित उनकी आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, दीपक कार्की र नातिनी गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।

घटनामा तेजबहादुरका ९० वर्षीय बुवा बौद्धमान कार्की भने बाचेका थिए ।

घटनाको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धन ब्युरो (सीआईबी) संघीय प्रहरी कार्यालय धरान, तथा जिल्ला प्रहरी कार्यालय संखुवासभाले सामूहिक रूपमा गरेको थियो । अभियुक्त पक्राउ परेपछि सीआईबीकाे टाेली शनिबार नै फर्किने भएकाे छ ।

Categorized in अपराध-दुर्घटना