STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

श्रीलङ्कामा सबै मन्त्रीहरुकाे सामूहिक राजीनामा

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र २२, मंगलबार

एजेन्सी - चरम आर्थिक सङ्कटमा फसेको श्रीलङ्कामा सबै मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । 

मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएका छन् । राजीनामा दिनेमा प्रधानमन्त्रीका छोरा पनि छन् । प्रधानमन्त्री महिन्दा राजापाक्ष र उहाँका दाइ राष्ट्रपति गोटाबय राजापाक्षले भने राजीनामा गरेका छैनन् ।दैनिक उपभोग्य वस्तुको समेत अभाव भएपछि चर्किएको प्रदर्शन रोक्न कर्फ्यु आदेश जारी भएकै समयमा सबै मन्त्रीहरुले राजीनामा दिएका बीबीसीले जनाएको छ ।श्रीलङ्कामा अहिले मानिसहरूलाई सार्वजनिक सडक, पार्क, रेल वा समुद्री तटमा लिखित अनुमतिबिना जानमा रोक लगाइएको छ ।

श्रीलङ्का सन् १९४८ मा स्वतन्त्र भएयताकै खराब आर्थिक सङ्कटसँग जुझिरहेको छ । विदेशी मुद्राको अभावले इन्धन आयातको भुक्तानी गर्न नसक्दा यसको असर परेको छ । कम्तीमा १२ घण्टा लोडसेडिङसँगै खाद्यन्न र औषधिको पनि अभाव छ । 

Categorized in अन्तर्राष्ट्रिय