STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

श्रीलङ्कामा नयाँ राष्ट्रपतिको लागि भोलि मतदान

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण ३, मंगलबार

एजेन्सी - श्रीलङ्कामा आज नयाँ राष्ट्रपति चयनको लागि मनोनयन दर्ता हुँदै छ भने नयाँ राष्ट्रपति चयनका लागि भोलि बुधबार संसदमा मतदान हुनेछ ।

राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएकाले नयाँ राष्ट्रपति चुन्न मनोनयन दर्ता हुन लागेको हो । 

आर्थिक संकटको विरोधमा प्रदर्शन उग्र बनेपछि राष्ट्रपति गोटाबाया देश छाडेर भागेका छन् । नयाँ राष्ट्रपतिको रुपमा सबैभन्दा बढी चर्चा कार्यवाहक राष्ट्रपति रनिल विक्रमसिंघेको छ ।

राजापाक्षे परिवारसँग निकट रहेका उनलाई सत्ताधारी श्रीलङ्का पिपुल्स फ्रन्टको समर्थन रहेको बताइएको छ । मुख्य विपक्षी दलका नेता सजिथ प्रेमदासाले भने राष्ट्रपति पदको दाबीबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेका छन् । 

Categorized in अन्तर्राष्ट्रिय