STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणावर्धने नियुक्त

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण ६, शुक्रबार

एजेन्सी- श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणावर्धने नियुक्त भएका छन् । उनले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

६ पटकसम्म प्रधानमन्त्री बनेका रनिल विक्रमसिंघे राष्ट्रपति बनेपछि गुणावर्धने प्रधानमन्त्री बनेका हुन् । उनी राष्ट्रपति विक्रमसिंघेका सहपाठी हुन् ।

७३ वर्षीय गुणावर्धने यसअघि विदेशमन्त्री, शिक्षामन्त्री र गृहमन्त्री बनेका थिए । गत अप्रिलमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले गुणावर्धनेलाई गृहमन्त्रीमा नियुक्त गरेका थिए ।

उनी वामपन्थी महाजन एकथ पेरामुना (एमईपी) पार्टीका नेता हुन् ।

Categorized in अन्तर्राष्ट्रिय