STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

श्रीलंकाका राष्ट्रपति राजपक्षले बुधबार राजीनामा दिने

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २६, आइतबार

एजेन्सी - श्रीलंकाका राष्ट्रपति गोताबाया राजपक्षले राजीनामा दिने भएका छन् । प्रदर्शनकारीले घर कब्जामा लिएपछि गएराति राष्ट्रपति राजपक्षले राजीनामा दिने घाेषणा गरेका हुन् ।

राष्ट्रपति राजपक्षले आगामी बुधवार राजीनामा दिने जानकारी गराएका छन्। प्रधानमन्त्री रनिल विक्रमासिङ्ग यस अघि नै राजीनामा दिन सहमत भएका छन्।

महिनौँदेखि भइरहेका शान्तिपूर्ण प्रदर्शनहरूपछि शनिवार राजधानीमा प्रदर्शनकारीहरू एकत्रित भएका थिए र उक्त प्रदर्शनले असाधारण रूप लिएको थियो।

राष्ट्रपति भवनमा जम्मा भएको ठूलो भिड अवरोधहरू हटाएर भवनभित्रै प्रवेश गरेको थियो।

प्रदर्शनकारीहरू प्रवेश गर्दा राष्ट्रपति र प्रधानमन्त्री आ-आफ्ना भवनहरूमा थिएनन् । आर्थिक अव्यवस्थाको विरोधमा श्रीलङ्कामा महिनौँयता प्रदर्शनहरू जारी छन्। घोषणापछि सहरमा खुसीयाली मनाउँदै आतसबाजी गरिएको छ।

शनिवारको प्रदर्शनमा दर्जनौँ घाइते भएका थिए। श्रीलङ्काले खाद्यान्न, इन्धन र औषधिको चरम अभावको सामना गरिरहेको छ। दक्षिण एसियाली टापु देशले भोगिरहेको यो सङ्कट विगत ७० वर्षयताकै सबैभन्दा खराब हो।

विदेशी मुद्राको सञ्चिती रित्तिएपछि यहाँ निजी सवारी साधनका लागि पेट्रोल र डिजल बेच्न प्रतिबन्ध लगाइएको छ।

Categorized in अन्तर्राष्ट्रिय