STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शेयर बजार नेप्सेमा झिनो सुधार

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १३, सोमबार

शेयर बजारमा आज झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०।३४ विन्दुले बढेर एक हजार ३०२।९६ अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।०५ विन्दुले बढेर २७७।६१ मा पुगेको छ । 
नेप्से झिनो अङ्कले बढेपनि कारोवार रकम भने सामान्य रहेको छ । कूल १७० कम्पनीको १७ लाख एक हजार ६४ कित्ता शेयर रु ५१ करोड ९५ लाख ५६ हजार ७९३ मूल्यमा खरीद बिक्री भए । 
स्टकका अनुसार आज तीन उपसमूहको शेयर ओरालो लागेको छ । यस्तै आठ उपसमूहको शेयरमा भने वृद्धि भएको छ । बैंकिङ ०।९६, निर्जीवन बीमा १५।८९, जीवन बीमा २८।६२ विन्दुले घटेको छ । होटल ०।९६, विकास बैंक १।८१, जलविद्युत् २।८८, वित्त १।२७, उत्पादन ३७।६६, अन्य तीन लघुवित्त ०।८१ र सामूहिक लगानी कोष ०।४३ विन्दुले बढेको छ । 
कारोवारका आधारमा आज शिवम् सिमेन्टको सबैभन्दा बढी शेयर कारोबार भएको छ । सो कम्पनीको रु सात करोड ३१ लाख ७८ हजार २४३, प्रभु बैंकको रु छ करोड ४१ लाख १४३, नेपाल बैंक लिमिटेडको रु दुई करोड ६१ लाख १२ हजार २९० र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको रु एक करोड ९६ लाख ४५ हजार ८०४ बराबरको कारोवार भई शीषर् स्थानमा रहे । 
स्टकका अनुसार स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९।८३ प्रतिशतले कमाए । कर्णाली डेभलपमेन्ट बैंक ८।३३, गुर्खाज फाइनान्स ७।२१, सानिमा इक्विटी फण्ड ६, एनएमबी हाइब्रिड फण्ड ६, सिद्धार्थ इक्विटी फण्डका शेयरधनीले समेत ६ प्रतिशतले कमाएका छन् ।
 
त्यस्तै सिद्धार्थ पावर डेभलपमेन्ट कम्पनी ८, छ्याङदी हाइड्रोपावर ७।३३, आँखु खोला जलविद्युत् कम्पनी ४।९३, रिलायन्स फाइनान्स ३।८३ र माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३।३० प्रतिशतले गुमाएका छन् ।
Categorized in बिजनेस