STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शेयर बजारमा झिनो सुधार

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १०, मंगलबार

धितोपत्र बजारमा आज शेयरको मूल्यमा झिनो अङ्कको सुधार आएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३।७४ विन्दुले बढेर एक हजार २६० विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ०।९ विन्दुले बढेर २७२।२७ विन्दुमा पुगेको छ । 
स्टकका अनुसार कूल १७६ कम्पनीको १८ लाख एक हजार ५२२ कित्ता शेयर रु ६१ करोड ४१ लाख ४७ हजार ४११ मूल्यमा कारोवार भएका छन् । कारोवार भएका कूल एघार उपसमूहमध्ये आज पाँच उपसमूहको मात्रै शेयर बढेको छ भने छ उपसमूहको शेयर भने ओरालो लागेको छ । 
बैंकिङ ६।६६, विकास बैंक ०।५७, वित्त १।४५, निर्जीवन बीमा १६।४१, उत्पादन ४६।०८ विन्दुले बढेको छ । यस्तै व्यापार २।७९, होटल १७।३७, जलविद्युत् ४।११, अन्य २।१३, लघुवित्त ४।९५ र जीवन बीमा २२।२२ विन्दुले घटेको छ । 
स्टकका अनुसार आज छिमेक लघुवित्त विकास बैंकको सबैभन्दा बढी मूल्यमा शेयर कारोवार भएको छ । प्रतिकित्ता र एक हजार २१ मा रु चार करोड ९६ लाख ६६ हजार ५४५ बराबरको कारोवार भयो । नेपाल बैंक लिमिटेडको रु चार करोड २१ लाख ९६ हजार २६३, एनएमबी बैंकको रु दुई करोड ९० लाख ६० हजार २६६, एनआइसिएशिया बैंकको रु दुई करोड ७९ लाख १३ हजार २८०, छिमेक लघुवित्त विकास बैंकको संस्थापक शेयर रु दुई करोड ५३ लाख ८० हजार, नबिल बैंकको संस्थापक शेयर रु एक करोड ९८ लाख ७३ हजार १७२ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे । 
 
स्टकका अनुसार एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले आज ९।८९ प्रतिशतले कमाए । यस्तै श्री इन्भेस्टमेन्ट फाइनान्स ७।१४, राधी विद्युत् कम्पनी ६।५८, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था ४।९१, यूनिलिभर नेपाल लिमिटेडका शेयरधनीले ४।०४ प्रतिशतले कमाएका छन् । 
त्यस्तै घलेम्दी हाइड्रो पावर कम्पनीका शेयरधनीले ४।७९ प्रतिशतले गुमाउँदा अरुण कावेली पावर कम्पनी ४।६७, भागर्व विकास बैंक ४।०९, सिनर्जी पावर डेभलपमेन्ट ३।८८, एनआइबिएल प्रगति फण्डका शेयरधनीले ३।७३ प्रतिशतले गुमाए ।
Categorized in बिजनेस