STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शेयर बजारमा गिरावट

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २५, बुधबार

सोमबार र मङ्गलबार लगानीकर्तालाई उत्साहित बनाउँदै उकालो लागेको शेयर बजार आज भने झण्डै चार अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोवार मापक नेप्से परिसूचक ३।६८ बिन्दुले घटेर एक हजार २९७।६० बिन्दुमा पगेको छ । 
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १।१७ बिन्दुले घटेर २७८।०७ बिन्दुमा पुगेको छ । आज १७५ कम्पनीका १९ लाख सात हजार ७८३ कित्ता शेयर रु ५० करोड ७९ लाख ३४ हजार ९१९ मा खरीद बिक्री भए । नेप्से परिसूचक घटेसँगै कारोवार रकम मङ्गलबारको तुलनामा घट्यो । 
कारोवार भएका कूल ११ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मात्र बढेको छ भने आठ उपसमूहको शेयर घटेको छ । व्यापार २।७, उत्पादन  ६९।२२ र अन्य उपसमूहको शेयर ३।५८ अङ्कले बढेको छ । त्यसैगरी बैंकिङ ५।८३, होटल ३२।९९, विकास बैंक ७।४१, जलविद्युत् १७।२, वित्त १।८१, निर्जीवन बीमा १४।५६, लघुवित्त ४।९५ र जीवन बीमा ०।१८ बिन्दुले घटेको छ । 
घटेको बजारमा आज हिमालय डिस्टिलरीका शेयरधनीले १० प्रतिशतले कमाए । यस्तै नवील इक्विडी फन्ड ४।९६, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड ४।११, सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड ३।९४ र बोटलर्स नेपाल ९तराई० लिमिटेडका शेयरधनीले ३।८१ प्रशितले कमाए । 
मल्टीप्रपोज फाइनान्स कम्पनी लिमिटेडका शेयरधनीले ९।५५, तारागाउँ रिजेन्सी होटल लिमिटेडका शेयरधनीले ४।८१, पाँचथर पावर कम्पनी लिमिटेडका शेयरधनीले ४।६२, फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीले ४।१९ र सिन्धु विकास बैंकका शेयरधनीले ३।७० प्रतिशतले गुमाएका छन् । 
Categorized in बिजनेस