शुक्रबारदेखि एसइइ
Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख ४, आइतबार

काठमाडौं - यसवर्ष लिन लागिएको माध्यमिक शिक्षा परीक्षा एसइइको तयारी अन्तिम चरणमा पुगेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आगामी शुक्रबारदेखि सुरु गर्ने एसइइ परीक्षा वैशाख २० गतेसम्म सञ्चालन हुने छ । परीक्षाका लागि मुलुकभर दुई हजार सात परीक्षा केन्द्र तोकिएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षाको प्रश्नपत्र बोर्डले तयार पारेको छ ।
प्रश्नपत्र, उत्तरपुस्तिकालगायतका परीक्षा सामग्री सबै जिल्लामा पुगिसकेको छ । सातवटै प्रदेशमा सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा एसइइ सञ्चालन हुने छ ।
पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । त्यस्तै, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुनेछ । बोर्डका अनुसार परीक्षामा देशभरबाट पाँच लाख १४ हजार परीक्षार्थी सहभागी हुने छन् ।
यसअघिका दुई शैक्षिक वर्षमा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा एसइइको नतिजा सार्वजनिक गरिएको थियो।
Categorized in शिक्षा