STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शिवपुरी मा.वि.ले मनाए हिरक जयन्ती

Janjati Khabar – विजयरत्न असंबरे | २०८० आश्विन २८, आइतबार

काठमाडौंको महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५ औं वर्ष पूरा भएको अवसरमा शनिबार स्थापना दिवसका साथै हीरक जयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । शिक्षा , विज्ञान  तथा प्रविधि मन्त्री अशोक कुमार राई प्रमूख अतिथी रहेको हिरक जयन्ती समारोहको सभापति गिरिधर मिश्र रहेका थिए ।

सो समारोहमा बागमति प्रदेश सरकारले नेपालभाषा र तामाङ्ग भाषालाई सरकारी कामकाजी भाषा कायम गरेको निर्णयको स्वागत स्वरुप स्वागतगान नेपालभाषामा प्रस्तुत गरिएको थियो ।

देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरी मा.वि. देशमा राणा शासन कायम रहेकै बखत विसं २००५ सालमा स्थापना गरिएको हो । 

काठमाडौं उपत्यकाका पुराना विद्यालयमध्ये काठमाडौं महानगरपालिका–३ मा पर्ने शिवपुरी सुरुमा बाँसबारी आधार पाठशाला,बाँसबारी मिडिल स्कुल, बाँसबारी माध्यमिक बिद्यालय हुदै बिसं २०३० को दशकको सुरुवातीदेखि शिवपुरी विद्यालयका रूपमा कायम छ । काठमाडौं महानगरपालिकाले यो विद्यालयलाई आफ्नो प्राविधिक शिक्षालयका रुपमा समेत बिकास गरेको छ । ५३ जना शिक्षक र ८ जना कर्मचारी कार्यरत यो विद्यालयमा १ हजार ५ सय ९४ जना विद्यार्थी अध्ययनरत छन् ।

विद्यालय ७५ वर्ष पुग्नु आफैंमा ऐतिहासिक रहेको भन्दै विद्यालयलाई सबैको रोजाइमा राखिराख्न शैक्षिक  गुणस्तरलाई अझ बढाउनेदेखि भौतिक संरचना थप व्यवस्थित गर्न आफूहरू लागिपर्ने कुरा प्रधानाध्यापक प्रकाश सुवेदी ले बताए ।

१ देखि १२ कक्षाका साथै शिवपुरीको संरचनाबाटै स्नातक तहका २ वटा संकाय व्यवस्थापन र मानविकीको पनि अध्ययन गराइदै आएको छ । खासगरी विद्यालयमा अध्ययनरत छात्रछात्राको परिवारको आर्थिक अवस्था सामान्य रहेका देखि पारिवारिक पृष्ठभूमि भएका छात्रछात्राको रोजाइमा रहेको शिवपुरी हरेक वर्ष शैक्षिक क्षेत्रमा शिवपुरी अगाडि रहेको कुरा प्रधानाध्यापक  सुवेदीले बताए ।

हिरक जयन्ती समारोहमा सो विद्यालयमा लामो समयदेखि अध्यापन मा रहेका शिक्षक तथा कर्मचारीहरुलाई  दीर्घ सेवा सम्मान प्रदान गरिनुकासाथै पूर्व प्रधानाध्यापक हरु  लाई पनि गरिएको थियो । सोही समारोहमा विद्यालयको वार्षिकोत्सव स्मारिका " नवपालुवा ” पनि  विमोचन गरिएको थियो ।

Categorized in शिक्षा