STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शर्टफिल्ममा साःगः उत्कृष्ट

Janjati Khabar – Janjati Khabar | २०७७ माघ ३, शनिबार

कीर्तिपुर नगरपालिकाको सातवटा शर्टफिल्म प्रदर्शन आज शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा भएको छ ।

कीर्तिपुर नगरपालिकाको आयोजनामा भएको सो कार्यक्रममा पर्यटन तथा संस्कृतिमन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यमा भएको थियो । कार्यत्रमको सभापतित्वमा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले गरेका थिए ।

शर्टफिल्मको प्रदर्शनपछि उत्कृष्ट छान्ने क्रममा डेल्टा मल्टिमिडियाद्वारा निर्मित साःगःलाई प्रथम पुरस्कार दिइएको थियो । यसैगरी नेवाः युट्युबबाट निर्मित आजु द्यःलाई दोस्रो पुरस्कार, लाखेपाःलाई तेस्रो र सान्त्वना पुरस्कार न्हय्कासिँलाई परेको थियो । प्रथम पुरस्कार एक लाख, दोस्रो ७५ हजार, तेस्रो ५० हजार, सान्त्वनालाई २५ हजार र अन्य तीनवटा शर्टफिल्मलाई १० हजार रुपैयाँ दिइएको थियो ।

 

Categorized in सिनेमा