STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शक्तिको आडमा न्यायाधीश हुने बर्खास्त

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २५, शनिबार

काठमाडौं - न्यायपरिषद्ले न्यायाधीश रेणुका शाहलाई बर्खास्त गर्ने निर्णय गरेको छ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बसेको परिषद्को बैठकले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा कार्यरत न्यायाधीश शाहलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

योग्यता ढाँटी नियुक्ति लिएको छानबिनबाट पुष्टी भएपछि उनलाई बर्खास्त गरिएको न्याय परिषद्का प्रवक्ता मान बहादुर कार्कीले बताए । न्याय परिषद् ऐन, २०७३ को दफा ३२ बमोजिम न्यायाधीश शाहलाई बर्खास्त गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिस गरिएकाे छ ।

न्याय परिषद् ऐन, २०७३ को दफा ३२ मा के कस्ताे अवस्थामा पदबाट हटाउन सकिन्छ भन्ने व्याख्या गरिएको छ ।पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद शाहकी छोरी रेणुका लामो समय सीटीइभिटीमा कार्यरत रहेको र न्यायाधीश हुनका लागि योग्यता पुष्टि गर्न नसकेपछि पदबाट हटाइएको परिषद्ले जनाएको छ । उनी शक्तिको आडमा योग्यता नै नपुगेकी न्यायाधीशमा नियुक्त भएकी थिइन् ।

Categorized in राजनीति