STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शंखधर स्मृति प्रतिष्ठान गठन गरिने

Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ मङ्सिर १०, बुधबार

काठमाडौं – नेपाल संवत् ११४१ नववर्ष तथा शंखधर दिवसको अवसरमा काठमाडौं महानगरपालिका २० वडा रामघाटस्थित शंखधर पुलमा अवस्थित शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीयबासी लोककवि राजभाइ जकःमिको अध्यक्षतामा २० वडाअध्यक्ष राजेन्द्र मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा इमेज च्यानलका ज्योति ताम्राकार एवं गायक पवित्र कसाः अतिथिको रुपमा उपस्थित थिए ।

सुजित बैद्यले संचालन गरेको कार्यक्रममा शंखधरको प्रतिमामा अतिथिलगायतले माल्यार्पण गरी श्रद्धासुमन चढाएका थिए ।

माल्यार्पणपछि भएको छलफल कार्यक्रममा लोककवि जकःमिको अध्यक्षतामा शंखधर स्मृति प्रतिष्ठान गठनको निर्णय भएको छ । स्थानीय बासिन्दाकै अनुरोधमा विश्व सम्पदा ढोका पनि सो स्थानमा निर्माण गरिने वडाध्यक्ष राजेन्द्र मानन्धरले जनाएका थिए ।

रामघाट स्थानबाट विश्वसम्पदा सूचिमा सूचीकृत हनुमानढोका दरबार नजिक पर्दछ भने यहीं रहेको लखुतीर्थबाट शंखधर साख्वाःले किनेको बालुवा रामघाटकै बाटोबाट मरुटोल अवस्थित पाटीमा बिसाएको जनश्रुति रहेको छ ।

 

Categorized in उपत्यका