STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शंखधर दिवसको अवसरमा पद्मरत्न तुलाधरको स्मृतिमा गोष्ठी हुने

Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ मङ्सिर ७, आइतबार

काठमाडौं – नेपाल संवतका प्रवर्तक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको उपलक्ष्यमा वर्षेनी मनाउँदै आइरहेको शंखधर दिवस यस वर्ष कछलाथ्व दशमी मंसिर ९ गते भव्य रुपमा मनाइने भएको छ ।

शंखधर दिवसको अवसरमा बिहान ७ बजे काठमाडौंको लखुतीर्थमा शंखधरको प्रतिमाया माल्यार्पण गरिने कार्यक्रम तय गरिएको छ ।

माल्यार्पण कार्यक्रमपछि सोही दिन बिहान ८ः३० बजे नेपाल संवत आन्दोलनका प्रणेता पद्मरत्न तुलाधरको स्मृतिमा बिचार गोष्ठी गरिने भएको छ ।

जगतसुन्दर ब्वनेकुथि, लखुतीर्थमा हुने विचार गोष्ठीमा प्रमुख अतिथिको रुपमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको उपस्थिति रहनेछ ।

सो विचार गोष्ठीमा वामपन्थी नेता श्याम श्रेष्ठ, डा. पुष्पराज राजकर्णिकार, मल्ल के. सुन्दर, नेपालभाषा मंकाः खलःका अध्यक्ष दुर्गालाल श्रेष्ठ र त्रिरत्न शाक्यले पद्मरत्न तुलाधरको विषयमा विचार राख्नेभएको छ ।

सो विचार गोष्ठीलार्ई नेवाः युट्युब र नेवाः सुचना केन्द्रले आ–आफ्नो फेसबुक पृष्ठबाट प्रत्यक्ष प्रशारण पनि गर्नेभएको छ ।

 

Categorized in उपत्यका