relans
ni new 83
nib 2082 5

शंकर अधिकारी ‘घायल’ को “चाल” बनाउने तयारीमा

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ आश्विन १५, शनिबार

कांचुलि , आरोप लगायतका चलचित्रहरुका निर्देशक एवं चर्चित गीतकार  शंकर अधिकारी ‘घायल’ को निर्देशनमा अब नयाँ चलचित्र "चाल” बन्ने भएको छ ।

बक्स अफिस ग्रुप प्रा. लि. को ब्यानरमा बन्ने उक्त चलचित्रमा उद्वव भट्टराई, मोहन गमाल, यज्ञराज सेडाइको निर्माण तथा  तारा प्रसाद निरौला (सन्तोष)को प्रस्तुति रहने छ।

निर्देशक घायलले दिएको जानकारी अनुसार निर्माणधीन चलचित्र "चाल” पारिवारिक सत्य घटनामा आधारित कथावस्तुमा बन्नेछ ।

चलचित्रको निर्माण हुँदै गर्दा विक्रम लुङवा, माही न्यौपाने र उद्दव ट्टराईसहित रन्जिता लिम्बु को हट लुक्स भएको फर्स्टलुक सार्वजनिक गरिएको छ भने अन्य कलाकार छनोट प्रक्रियामा रहेको निर्देशक घायलले बताए ।

यस चलचित्रमा हरि मानन्धर( विवश ), र शंकर अधिकारी घायलको गीत तथा गैर्हे सुरेस र घायलको संगीत  रहने भएको छ ।

Categorized in सिनेमा
ppp 2