STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वैवाहिक बलात्कारको आरोपमा न्यायाधीश पक्राउ

Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र २८, मंगलबार

काठमाडाैं - न्यायपरिषद्का न्यायाधीश भुवन गिरीलाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले गिरीलाई गोङ्गबुको पवित्रनगरबाट पक्राउ गरी आजै कपिलवस्तु पठाइएको जानकारी दिए ।

श्रीमती आरती गिरीको जाहेरीका आधारमा उनलाई कपिलवस्तु जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि आज काठमाडौँ प्रहरीले पक्राउ गरी कपिलवस्तु पठाएको हो । गिरीमाथि वैवाहिक बलात्कारको आरोप लागेको छ । उक्त घटनामा कपिलवस्तु प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Categorized in अपराध-दुर्घटना