STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

वैचारिक दृष्टिकोणमा छलफल चलिरहेको छ– नेता खनाल

Janjati Khabar – जनजाति खबर | २०७४ फाल्गुण ६, आइतबार

काठमाडौँ, नेकपा माओवादी केन्द्र का पोलिटब्यूरो सदस्य चक्रपाणि खनालले दुई वाम पार्टीबीच जनताको बहुदलीय जनवाद र जनयुद्धको समिश्रणबाट नयाँ दर्शन विकास गर्न लागिएकाले पार्टी एकतामा केही ढिलाइ भएको बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले एकीकृत पार्टीलाई दीर्घकालसम्म बलियो बनाउने उद्देश्यले दवै पार्टीका अध्यक्षबीच छलफल भइरहेको जानकारी दिनुभयो । छलफल तथा सहकार्यबाट नै गठन भएको सरकारले केही दिनभित्रै पूर्णता पाउने उहाँले बताउनुभयो । नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले जनताको चाहना एकता नै भएकाले त्यसबाट कोही पनि फर्कन नसक्ने बताउँदै वाम एकताका लागि दुबै पार्टीका नेता व्यवस्थापनमा समस्या नरहेको बताउनुभयो । नेपाली काँग्रेसका नेता कल्याण गुरुङले मुलुकमा सरकारको स्थायित्वको खाँचो औँल्याउँदै आफ्नो पार्टीले पाँच वर्षसम्म प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्ने बताउनुभयो । संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संविधान संशोधनको विषयमा वर्तमान गठबन्धनको सरकार सकारात्मक भए आफूहरु पनि सरकारमा सहभागी हुने जानकारी दिनुभयोे । राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले सरकारमा जाने विषय आफूहरुको प्राथमिकतामा नरहेको बताउँदै कुन स्वरुपमा संविधान संशोधनको विषय अगाडि बढ्छ त्यसका आधारमा सरकारलाई सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
Categorized in राष्ट्रिय