STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनलाई प्रमाणपत्र प्रदान

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ चैत्र ४, बुधबार

नेपाल र चीन गरी दुवै मोहडाबाट सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्ने महिला पत्रकार कल्पना महर्जनलाई आज एक कार्यक्रममा प्रमाणपत्र प्रदान  गरेको छ ।

उत्तरी तथा दक्षिणी दुबै मोहोडाबाट सगरमाथाको सफल आरोहण गर्ने पहिलो महिला पत्रकार को रुपमा उहाँलाई विश्व कीर्तिमानको प्रमाणपत्र प्रदान गरिएको हो ।

ललितपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा पत्रकार कल्पना महर्जनलाई पूर्व राष्ट्रपति रामवरण यादवले वर्ल्ड बुक अर्फ रेकर्डस् युकेको विश्व कीर्तिमान प्राप्त प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

सगरमाथा आरोही  महर्जनले २०७५ जेठ ९ गते नेपाल र २०७६ जेठ ९ गते चीनतर्फबाट सगरमाथाको सफल आरोहण गर्दै विश्वकै पहिलो महिला पत्रकारको किर्तिमान राख्न सफल हुनुभएको हो ।

आरोही महर्जनले ललितपुर महानगरपालिका र वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी दुवैको १ सय वर्ष प्रवेश गरेको अवसरमा महानगर को झण्डा र जोशीको फोटो सगरमाथा शिखरमा फहराउनुभएको थियो ।

आरोहणमा महिला पत्रकार महर्जनले शिक्षाको माध्यमबाट बालविवाह रोकथाम अभियानको घोषणा पनि गर्नुभएको थियो । एक्सपिरियन्स आउटडोर नेपाल प्रा.लि.का रविन्द्र महर्जनले कीर्तिमानी आरोहणको संयोजन गर्नुभएको हो ।

Categorized in व्यक्तित्व