STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विश्वकप विजेता पाओलो रोसीको निधन

Janjati Khabar – एजेन्सी | २०७७ मङ्सिर २६, शुक्रबार

विश्वकप फुटबल प्रतियोगितामा इटलीलाई विजेता बनाउन नेतृत्व गरेका खेलाडी पाउलो रोसीको निधन भएको छ । उनकी श्रीमती फेडेरिका कपेलेटीले ६४ वर्षको उमेरमा आफ्ना श्रीमान्को निधन भएको बिहीबार पुष्टि गरेकी हुन् ।

उनले इटलीलाई सन् १९८२ मा भएको विश्वकपको उपाधि दिलाएका थिए । त्यसपछि उनी आफ्नै देशमा फुटबलको कमेन्टेटरका रूपमा क्रियाशील भएका थिए । इटलीमा राज्यद्वारा सञ्चालित रेडियो र टेलिभिजनको संस्था आरएआइमा समेत काम गरेका रोसीलाई इटलीका विश्व प्रसिद्ध सफल खेलाडीका रूपमा चिन्ने गरिएको छ । 

उनको निधनपछि उनकी श्रीमतीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, 'तपाईंजस्तो संसारमा अर्को कोही छैन, तपाई विषेश हुनुहुन्थ्यो, फरक हुनुहुन्थ्यो, तर अव तपाई नै नरहेपछि म पूर्ण शून्यतामा पुगेकी छु ।' 

रोसीले स्पेनमा भएको विश्वकपमा ६ गोल गरेको थिए । ब्राजिलसँगको खेलमा ३–२ गोल गरेर इटलीलाई जिताएका थिए भने विश्वकपको फाइनलमा पश्चिमी जर्मनीविरुद्ध ३–१ गोलका साथ उपाधि दिलाएका थिए ।

सन् १९८२ मा नै उनी फिफा वर्ष खेलाडीका रूपमा पनि छनोट भई विश्वकै सर्वप्रिय खेलाडीमध्ये एक बन्न सफल भएका थिए । उनको निधनमा शोक व्यक्त गर्दै इटलीको फुटबल महासंघले आधा झण्डा झुकाउने भएको छ । उनको निधनप्रति खेलाडी, सुभेच्छुक, उच्च पदस्थ व्यक्तिलगायतले शोक व्यक्त गरेका छन् ।

Categorized in खेलकुद