STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विश्वकप लिग–टू : नेपालले यूएईलाई दियो २३० रनको लक्ष्य

Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण २२, सोमबार

काठमाडौं -दुबईमा जारी आईसीसी विश्वकप लिग–टू त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालले यूएईलाई जितका लागि २३० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले भीम सार्कीको अर्धशतकमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएर यूएईलाई जितका लागि २३० रनको लक्ष्य दिएको हो ।

४९ रनको दौडानमा ३ विकेट गुमाएको नेपालले ब्याटिङमा भीम सार्कीको प्रवेशसँगै खेल सुधारतर्फ लग्यो । भीमले अर्धशतक पूरा गरे । उनले ९९ बलमा ७० रन बनाए ।

सार्कीसँगै साझेदीमा खेलेका सन्दीप लामिछाने २७ रनमा आउट भए । कुशल मल्ल ३२, करन केसी १७ रनमा आउट भए ।

सुरुवाती चरणमा खराब प्रर्दशन खेलेका ओपनरद्वय आसिफ शेख ६, ज्ञानेन्द्र मल्ल ११, दीपेन्द्र सिंह ऐरी ४ र रोहित पौडेल १ रनमा आउट भएका थिए ।

Categorized in खेलकुद