STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विशिष्ट चलचित्रकर्मीहरुलाई भुवन चैत्य बसुन्धरा पुरस्कार

Janjati Khabar – विजयरत्न असंबरे | २०८० श्रावण २, मंगलबार

नेपालको पहिलो चलचित्र "आमा ” मा अभिनय गरेका तीन वरिष्ठ अभिनेत्रीहरु भुवन चन्द , बसुन्धरा भुसाल र चैत्यदेवी सिंह द्वारा स्थापितं  भुवन चैत्य बसुन्धरा फाउण्डेसनको अध्यक्ष भुवन थापा चन्दको अध्यक्षतामा सोमबार बसेको बैठकले २०७८ र २०७९ सालको भुवन चैत्य बसुन्धरा पुरस्कार विभिन्न श्रष्टा सर्जकलाई अर्पण गर्ने निर्णय गरेको छ । 

सो निर्णय अनुसार ०७८ सालको हरिश–भुवन चन्द पुरस्कार विशिष्ट चलचित्रकर्मी  यादव खरेल र ०७९ सालको हरिश–भुवन चन्द पुरस्कार विशिष्ट चलचत्रकर्मी  नीर शाहलाई प्रदान गरीने भएको छ । यसै गरी विशिष्ट संगीतकर्मी  गणेश रसिकलाई २०७८ र विशिष्ट चलचित्रकर्मी अभिनेता शिव श्रेष्ठलाई २०७९ सालको चैत्यदेवी पुरस्कार अर्पण गरिने भएको छ । साथै विशिष्ट चलचित्रकर्मी अभिनेत्री  मिथिला शर्मालाई २०७८ साल र विशिष्ट चलचत्रिकर्मी अभिनेत्री  शर्मिला मल्ललाई २०७९ सालको चेतनारायण–बसुन्धरा भुसाल पुरस्कार अर्पण गरिने भएको छ ।

वि.सं २०७५ सालमा स्थापना भएको भुवन चैत्य बसुन्धरा फाउण्डेसनले नेपाली कला, संस्कृति र रंगमन्च, गीत, संगीत साहित्य समाजसेवाका साथै नेपाली चलचित्रको विभिन्न विधाका सर्जक, श्रष्टा र व्यक्तित्वहरुको योगदान र साधनाको सम्मान गर्दै पुरस्कार र लिखत–पत्र अर्पण गर्दै आएको छ । पुरस्कारको राशी जनही रु ५१०००। (एकाउन्न हजार) रहेको छ । पुरस्कार साउनको तेस्रो हप्तामा विशेष समारोहको आयोजना गरी अर्पण गरिने कुरा सो फाउण्डेशनका महासचिव मोहन निरौला ले जानकारी दिएका छन् ।

Categorized in सिनेमा