STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विराटनगरकाे मेयरमा कांग्रेस विजयी

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ ७, शनिबार

काठमाडौं - विराटनगर महानगरपालिकाको प्रमुखमा सत्तारुढ नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले जितेको छन् ।

शनिबार बिहान सम्पन्न मतगणनामा उनी बिजयी भएका हुन् । उनी संयुक्त गठबनधनका तर्फका उम्मेदवार हुन् । उनले करिब ३० हजार माथि मत प्राप्त गर्दै विजयी प्राप्त गरेका हुन् ।

अन्तिम मत परिणामसम्माम उनले ३० हजार १७० मत ल्याएर महानगर प्रमुखमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सागर थापाले २१ हजार ४५५ मात्रै मत पाए।

अन्तिम मत परिणाम अनुसार कोइराला र थापाको मतान्तर ८,७१५ हो ।

त्यस्तै राप्रपाका मेयर उम्मेदवार प्रह्लादप्रसाद साहले ५,२१६ मत पाए । उता स्वतन्त्र उमेश यादवले भने ८,९९५ मत प्राप्त गरेका छन् ।

Categorized in राजनीति