STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्यालको निधन

Janjati Khabar – Janjati Khabar | २०७९ माघ १, आइतबार

काठमाडौं - आइतबार पोखराको सेती नदी खोँचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्यालको पनि निधन भएको पुष्टि भएको छ ।

माघे संक्रान्तिको अवसरमा पोखरामा आयोजित कार्यक्रममा सहभागी हुन काठमाडौंबाट पोखरा प्रस्थान गरेकी छन्त्यालको दुर्घटनामा मृत्यु भएको निराकी दिदी हीरा छन्त्याल शेरचनले पुष्टि गरिन् ।

नीरा बिहान १० बजे काठमाडौं एयरपोर्टबाट आमालाई फोन गरेर पोखरा जाँदै गरेकी जानकारी दिएकी थिइन् । साथै, पोखरा पुगेर आधा घण्टामा फोन गर्छु भनेर फोन राखेकी थिइन् । तर, त्यसपछि नीराको फोन आएन ।

पोखरा उड्नुअघि नीराले फेसबुकमा सबैलाई माघे संक्रान्तिको शुभकामना पोस्ट गरेकी थिइन् । यसअघि उनले माघ १ गते पोखरामा रमाइलो गर्नुपर्छ भन्दै स्टाटस पनि लेखेकी थिइन् ।

नीरा नेपाल छन्त्याल युवा संघले सोमबार पोखरामा आयोजना गरेको पुरुष तथा महिला भलिबल प्रतियोगतामा प्रस्तुती दिन पोखरा जाँदै थिइन् । नीरा लाइभ दोहोरीमा अहिले सबैले रुचाएकी गायिका हुन् ।

आइतबार बिहान पोखरामा भएको विमान दुर्घटनामा चालक दलसहित ६८ यात्रु सवार रहेका थिए ।

Categorized in अपराध-दुर्घटना