STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विभिन्न रोगहरुबाट मुक्ति दिने लसुन

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन १६, शुक्रबार

लसुन नेपाली भान्सामा नभइ नहुने मसला मध्ये एक हो । विशेषगरि मसलाका रुपमा प्रयोग गरिने भएपनि लसुनलाई हामी विभिन्न तरिकाले प्रयोग गर्न सक्छौं । लसुन स्वास्थ्यका लागि राम्रो मानिन्छ । हामीलाई विभिन्न रोगहरुबाट मुक्त पनि लसुनले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । आयुर्वेदमा लसुनलाई औषधी नै मानिएको छ । त्यसैले बिहान सबेरै खाली पेटमा लसुन खानाले सबैभन्दा धेरै फाइदा हुन्छ ।

  • रुघाखोकी लाग्दा आराम मिल्छ
  • लसुन रुघाखोकी, निमोनिया तथा ज्वरोका बिरामीहरुका लागि पनि प्राकृतिक औषधीका रुपमा मानिन्छ । यसले स्वाससँग सम्बन्धित रोगहरुको रोकथाममा पनि सहयोग गर्छ । 
  • पेट सम्बन्धी समस्याबाट मुक्ति 
  • पेटसँग सम्बन्धित बिरामीहरु जस्तै डायरिया, कब्जियतको रोकथामका लागि पनि लसुनको सेवन निकै उपयोगी छ । पानी उमालेर त्यसमा लसुन राखेर खाली पेटमा खाने हो भने यसले डायरिया र कब्जियतबाट मुक्त गराउँछ ।
  • पाचन प्रणालीमा सहयोगी
  • लसुनले हाम्रो पाचन प्रणालीलाई राम्रो बनाउने क्षमता राख्छ । खाली पेटमा लसुनको पोडा चपाएर खाने हो भने पाचन राम्रो हुन्छ र यसले खानामा रुची पनि बढाउँछ ।
  • तनाब कम गर्न उपयोगी लसुन 
  • लसुनले तनाब कम गर्न पनि सहयोग गर्छ । हाम्रो पेटमा एक यस्तो एसिड जम्मा हुन्छ जसले मानिसको मनलाई बेचैन बनाउन सक्छ । तर लसुनले यस्तो एसिड उत्पन्न हुन दिदैँन । लसुन खानाले टाउको दुःख्ने समस्या पनि कम गराउँछ ।
  • दाँतको दुःखाई कम गर्छ 
  • लसुनमा एन्टीबैक्टीरियल र दुःखाई कम गर्ने गुण पनि रहेको हुन्छ । यदि दाँतको दुःखाई छ भने लसुनलाई पिसेर दुःखाई भइरहेको दाँतमा लगाउँदा केही समयमै दुःखाई हटेर जान्छ । 
  • स्वस्थ मुटुका लागि लसुन
  • लसुनले मुटुसँग सम्बन्धित रोगहरुलाई कम गर्छ । लसुन खानाले रगत स्वस्थ रहन्छ । लसुन र महको मिश्रण खानाले धमनीमा जम्मा हुने खराब तत्व हराएर जान्छ जसले ब्लड सर्कुलेशनलाई सही तरीकाले मुटुसम्म पुर्याउन सहयोग गर्छ । 
  • उच्च रक्तचापबाट छुटकारा
  • लसुन खानाले उच्च रक्तचापबाट छुटकारा दिलाउँछ । लसुनले ब्लड सर्कुलेशनलाई कन्ट्रोल गर्न मद्वत गर्छ । चिकित्सकहरुले उच्च रक्तचापबाट पीडित व्यक्तिहरुलाई हरेक दिन लसुन खान सल्लाह दिने गरेका हुन्छन् ।
Categorized in स्वास्थ्य-मौसम