विभिन्न मुद्दाका नौ प्रतिवादी फरार
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १५, बिहिबार
सात महिनामा विभिन्न मुद्दाका नौ प्रतिवादी यहाँबाट फरार भएका छन् । बेँसीशहरमा रहेको जिल्ला अदालतले विभिन्न मुद्दामा कैद तथा जरिवानाको फैसला गरेका ती प्रतिवादी फरार रहेको अदालतका श्रेस्तेदार जगतबहादुर भण्डारीले जानकारी दिनुभयो ।
लागुऔषध, नकबजनी चोरी, जबर्जस्ती करणी, बालविवाह, अवैधरूपमा काठ ओसारपोसारलगायतका मुद्दाका ती पुरुष प्रतिवादी फरार रहेको उहाँले बताउनुभयो ।
त्यस्तै गत आव २०७५÷७६ मा विभिन्न मुद्दाका १२ प्रतिवादी फरार रहेका थिए । फरारमध्ये कर्तव्य ज्यान, बालविवाह, लागुऔषध, नकबजनी चोरी, अवैधरुपमा काठ ओसारपोसार, जबर्जस्ती करणीलगायतका मुद्दाका रहेको थिए । उहाँका अनुसार फरार प्रतिवादी सबै पुरुष छन् ।
Categorized in अपराध-दुर्घटना