STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विपन्न महिलालाई बाख्रा वितरण

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १८, बुधबार

गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तनहुँको म्याग्दे गाउँपालिकाका अतिविपन्न महिलालाई बाख्रा वितरण गरेको छ । विपन्न महिलालाई आयआर्जनमा सहयोग गर्ने उद्देश्यसहित मन्त्रालयले गाउँपालिकाका २५ महिलालाई जनही दुईका दरले बोयर जातको बाख्रा वितरण गरेको हो । मन्त्रालयको विपन्न महिलालक्षित स्वरोजगार तथा आयआर्जन कार्यक्रमअन्तर्गत महिलालाई बाख्रा वितरण गरिएको मन्त्रालयका उपसचिव एवं सहकारी महाशाखा प्रमुख बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो । महिलालाई बाख्रा वितरण गर्दै गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले प्रत्येक गरीब विपन्न नागरिकको जीवनस्तरमा सुधार ल्याउनु सरकारको दायित्व रहेकाले कोही पनि गरीब हुनुनपर्ने गरी सरकारले योजना र कार्यक्रम ल्याउने बताउनुभयो । सबै नागरिकलाई धनी बनाएर देशलाई समृद्ध बनाउने वर्तमान सरकारको एक मात्र लक्ष्य रहेको उल्लेख गर्नुभयो ।
Categorized in उपत्यका