relans
ni new 83
nib 2082 5

विद्युत् चुहावट गर्नेलाई कारवाही

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २, बिहिबार

केन्द्रले सोही अवधिमा अनधिकृतरूपमा विद्युत् चुहावट गर्ने ११७ ग्राहकलाई कारवाही गरेको छ । वितरण केन्द्रले कारवाहीबाट रु पाँच लाख ८८ हजार ८१२ असुल गरेको छ । मिटर वाइपास गर्ने, मिटरमा पूरा खपत हुन नदिने, मिटरमा अन्य वस्तु प्रयोग गर्ने, मिटरको सिल तोड्नेरबिगार्नेलाई कारवाही गरिएको केन्द्रले जनाएको छ । विद्युत् चुहावट नियन्त्रण कार्यअन्तर्गत बन्द भएका, बिग्रिएका, मिटर फेर्ने, मिटरको छड्के निरीक्षण गर्ने, मिटर रिसिलिङ गर्ने, ठूला ग्राहकको टिओडी मिटरको खपत युनिट डाउनलोड गरी डाटा एनलाइसिस गर्ने, ट्रान्सफर्मर थप्ने, नयाँ लाइन विस्तार गर्ने, नाङ्गो तारलाई नयाँ कालो तारले विस्थापित गर्ने कार्य भइरहेको गोशलीले जानकारी दिनुभयो । उहाँका अनुसार चालू आर्थिक वर्षमा तीन हजार २९ बन्दरबिग्रिएका मिटर फेरिएको छ भने ७४३ ग्राहकको मिटर रिसिलिङ तथा एक हजार १०० ग्राहकको मिटर छड्के निरीक्षण गरिएको छ । ग्राहकको टिओडी मिटरको खपत चेक गरी हेर्दा छुट भएको करीब रु ३९ लाख २० हजार ३९१ बराबरको फाइल पेश भएकामा रु २८ लाख ६४ हजार ५९६ रकम छुट युनिट स्वीकृत भइआएको छ । स्वीकृत भएको छुट युनिट रकमको भुक्तानी सम्बन्धित ग्राहकबाट असुलीका लागि पहल भइरहेको केन्द्रले जनाएको छ ।
Categorized in राष्ट्रिय
ppp 2