relans
ni new 83
nib 2082 5

विद्यालय र विद्यार्थीलाई नि:शुल्क इन्टरनेट !

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २६, शुक्रबार

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय र विद्यार्थीलाई निशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने तयारी गरेको छ । वैकल्पिक विधिबाट पठनपाठन सहजीकरणका लागि निशुल्क इन्टरनेट सुविधा दिन लागिएकाे हो । विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका जारी गरेको मन्त्रालयले नेपाल टेलिकमलगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी निःशुल्क वा सहुलियत शुल्कमा डाटा प्याकेज प्राप्त गरी विद्यालय वा विद्यार्थीलाई निःशुल्क उपलब्ध गराउन लागेको हो । कोरोनाभाइरस महामारीका कारण विद्यालयहरु बन्द रहेका कारण वैकल्पिक माध्यमबाट पठनपाठन हुँदै आएको छ। इन्टरनेट पुगेका ठाउँमा अनलाइन कक्षा र इन्टरनेट पहुँच नभएका ठाउँमा शिक्षक नै विद्यार्थीका घरघरसम्म पुगेर सिकाइलाई निरन्तरता दिइँदै आएकाे छ ।
Categorized in शिक्षा
ppp 2