STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विद्यालय खोल्ने कार्यविधि तयार, विद्यालय खोल्न अब यस्ता कार्यविधि अपनाउनुपर्ने हुन्छ

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ३, बुधबार

काठमाडौं – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यविधि तयार गरेको छ । यसमा विद्यालय खोल्न कम्तिमा १५ दिनअगावै सम्पूर्ण तयारी गर्नुपर्ने सर्त अघि सारिएको छ । केन्द्रका सहसचिव एवं उप–महानिर्देशक अणप्रसाद न्यौपानेको संयोजकत्वमा गठित समितिले तयार गरेको कार्यविधिमा विद्यालय सुरक्षित र संरक्षित, विद्यालयमा उपलब्ध सुविधालगायतका विषयमा बालबालिका र अभिभावक लक्षित गरी आवश्यकताअनुसार स्थानीय भाषामा विद्यालयसम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्नुपर्ने उल्लेख छ । त्यसका लागि स्थानीय तहका जनप्रतिनिधि, अभिभावक, स्थानीय शिक्षाविद्, प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारी, स्वास्थ्यकर्मी, बाल–युबा क्लबसँग परामर्श गर्नुपर्नेछ । सरकारले असार १ गतेदेखि लकडाउन खुला गरेलगत्तै विद्यालयको प्रशासन खुला गरेको थियो । सो अघि तयार गरेको गरेको कार्यविधिमा भौतिक दूरी कायम राखी सिक्ने वातावरण तयार गर्न कक्षाकोठा, फर्निचर, शौचालय आदिको आवश्यकताअनुसार पुनव्र्यवस्थापन वा मर्मत गर्ने र व्यवस्थापनमा सहजताका लागि अलगअलग सत्र, समय छोट्याउने, अवस्था हेरी तल्ला कक्षालाई पहिले वा माथिल्लोलाई पहिले जोखिम र सहजतालाई हेरी कक्षा शुरू गर्ने, हप्तामा केही दिन, दिनमा केही घण्टा सञ्चालन गर्ने गरी तयारी गर्न भनेको थियो । समितिले विभिन्न सरोकारवाला निकायसँग छलफल गरी कार्यविधि तयार गरेको जनाएको छ । विद्यालय खुलेपछि विद्यालय परिवारबाहेक अन्य व्यक्तिलाई विद्यालय परिसरमा आउन निषेध गर्ने र अत्यावश्यक कामका लागि नआई नहुने परिस्थिति भएमा प्रधानाध्यापकको अनुमति लिई मास्क लगाएर मात्र आउने व्यवस्था गर्ने कार्यविधिमा लेखिएको छ । विद्यालय प्रवेश गर्नुअघि स्थानीय स्वास्थ्य संस्थासँगको समन्वयमा हेल्थ डेस्कको व्यवस्था गरी बालबालिका, शिक्षक, कर्मचारीको अनिवार्य रुपमा ज्वरो परीक्षण गर्ने र उचित तरिकाले अनिवार्य मास्क लगाउने, अति विपन्न समुदायका बालबालिकालाई विद्यालयले मास्कको व्यवस्था गर्ने, संक्रमणको समयमा गर्नुपर्ने र गर्न नहुने क्रियाकलापको सूची तयार गरी सबैले देख्ने ठाउँमा राख्ने र टाँस्ने व्यवस्था गर्नुपर्नेछ । शिक्षक, विद्यार्थी तथा अभिभावकले अनिवार्य मास्क लगाउने र खाजा व्यवस्थापन गर्नेलगायत विषयवस्तु समावेश गरी विद्यालय जाँदा, विद्यालयमा रहँदा वा घर फर्कंदा एवं घरमा पुगेपछि पालना गर्नुपर्ने नियम तयार गर्ने, भविष्यमा समेत कोरोना संक्रमण, महामारी वा अन्य कुनै कारणवश हुन सक्ने विद्यालय बन्दका सम्बन्धमा सबैलाई मानसिकरुपमा तयार रहने गरी सचेतीकरण गर्ने विषय कार्यविधिमा समेटिएको छ । मन्त्रालयले पास गरेपछि केन्द्रले यो कार्यविधि लागू गर्ने जनाइएको छ ।
Categorized in शिक्षा