STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

वाग्लेको दुखेसो ‘मलाई पाकिस्तानी बनाइयो’

Janjati Khabar – जनजाति खबर | २०७५ कार्तिक १४, बुधबार

निडर स्वभावका निर्माता हुन् माधव वाग्ले । लुटु जस्तो व्यावसायिक सफल फिल्म निर्माण गरेका उनले गएको पाँच महिना अगाडि ठूलो समस्याको सामना गर्नुपर्‍यो । जाली नोट छापेको अभियोगमा उनले लगभग ४ महिना जेल जीवन विताए । उनी उक्त घटनालाई जीवनकै सबैभन्दा कठिन घडीको रुपमा व्याख्या गर्छन् । २५ लाख घरौटी तिरेर रिहा भएका हुन् उनी । उनको मुद्धा अहिले अदालतमा विचाराधिन छ । उनको साथबाट प्रहरीले १ हजार दरका २ करोड ५२ लाख रुपैयाँको नक्कली नोट बरामद गरेको थियो । निर्माता वाग्ले भने प्रहरी कर्मचारीले फूलीको लोभमा आफूलाई फसाएको आरोप लगाउँछन् । आफू निर्मित नयाँ फिल्म ुचङ्गा चेटु को प्रयोजनका लागि बनाएको नक्कली नोट प्रप्स भएको बताउँदै उनी भन्छन्, नक्कली नोटमा फिल्म प्रयोजनका लागि भनेर स्पष्ट लेखिएको थियो । तर, फूलीको लोभमा प्रहरी प्रशासनले मलाई फसायो । उनले आफ्नै जिन्दगीको कथामा ुचङ्गा चेटु बनेको बताए । जेल जीवन बेथित गर्दैगर्दा उनले मिडियाको तागत पनि बुझेछन् । ुमिडिया कति शक्तिशाली रहेछ मैले बल्ल बुझेँ । प्रहरी प्रशासनदेखि अदालतसम्म मिडियाको अगाडि झुक्दो रहेछ । मलाई यही मिडियाले सबैमाझ चिनायो र अहिले पाकिस्तानी बनाएको छु, उनी दुखेसो पोख्छन् । आर्थिक अवस्थामा पनि अहिले मुश्किल घडीमा रहेको उनले बताए । उनी आफू निर्मित फिल्म ुचङ्गा चेटु जस्तै आफ्नो जिन्दगीको पनि चङ्गा चेट भएको गुनासो पोख्छन् ।
Categorized in सिनेमा