STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

वर्तमान राजनीतिक परिवेश विषयमा ओली र भट्टराईबीच छलफल

Janjati Khabar – Janjati Khabar | २०७९ पौष १८, सोमबार

काठमाडाैं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईबीच आज भेटवार्ता भएको छ ।

साेमबार साँझ बालकोटस्थित ओली निवास पुगेका भट्टराई र अध्यक्ष ओलीबीच वर्तमान राजनीतिक परिवेश, सत्ता गठबन्धनबारे छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ ।

दुई अध्यक्षबीच सरकारको प्रभावकारिता, सरकारले लिने विश्वासको मत, सरकार सञ्चालन, नीति तथा कार्यक्रमको तयारीबारे पनि छलफल भएको सचिवालयले जानकारी दिएको छ ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले गत म‌ंसिर ४ गते भएकाे प्रतिनिधिसभाका निर्वाचनमा आफू पछाडि हटेर आफ्नाे क्षेत्रमा माओवादी अध्यक्ष प्रचण्डलाई उठाएर सहयाेग गरेका थिए । दुई पार्टीबीच एकता हुने भनिए पनि अहिलेसम्म प्रकृया अगाडि बढेकाे छैन ।

Categorized in राजनीति