STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

लोसपामा विवाद, महतोले बहिस्कार गरे केन्द्रीय कार्य समिति बैठक

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर २४, आइतबार

काठमाडौं - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्य समिति बैठक आज बस्दै छ । तर पार्टीमा दोस्रो वरियताका नेता राजेन्द्र महतोले बैठकमा सहभागी नहुने बताएका छन् ।

लोसपाका महामन्त्री केशव झाका अनुसार कार्की ब्यांक्वेटमा बस्ने केन्द्रीय कार्य समितिको बैठकमा आगामी राष्ट्रिय सभा निर्वाचन र संगठन विस्तार लगायतका एजेण्डामा छलफल गर्ने कार्यसूची छ ।

तर पार्टीमा पछिल्लो पटक गरिएको केन्द्रीय पदाधिकारी र केन्द्रीय समिति विस्तारमा असन्तुष्ट महतोले आफ्नो मत सुनुवाइ नभएको भन्दै बैठकमा नजाने बताएका छन् ।

महतोले दुई महिना अघि बसेको कार्यकारिणी समितिको बैठकमा पुरा नेताहरु पदाधिकारी र केन्द्रीय समितिमा छुटेकाले उनीहरुलाई समेट्नुपर्ने बताएका थिए । पार्टी अध्यक्ष महन्थ ठाकुरले पनि त्यसलाई सम्बोधन गर्ने बचन दिएका थिए । तर अहिलेसम्म पनि आफ्नो मतको सुनुवाइ नभएको भन्दै महतो असन्तुष्ट छन् ।

महतो निकट केन्द्रीय सदस्य सन्तोष मेहताले भने, ‘हिजोसम्म उहाँले उहाँले बैठकमा जान्छु भन्नुभएको थियो । तर दुई महिना अगाडि भनेको कुराको सम्बोधन नहुने भएपछि म किन बैठकमा जाने भन्नुभएको छ ।’

Categorized in राजनीति