STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

लोपोन्मुख परम्परा जोगाउन “सायाः नखः” हुने घोषणा

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ श्रावण १०, मंगलबार

हास्यव्यङ्ग र कटाक्षको पर्व का रुपमा लिइने  सापारु (गाईजात्रा) को अवसर पारी लोकप्रिय कलाकारहरुको प्रस्तुतिका साथमा झीगु सः तथा सुकुन्दा फिल्मसको संयुक्त आयोजनामा " सायाः नखः” आयोजना हुने भएको छ । भाद्र ४ गते शनिबार ललितपुर भोलढोकास्थित ज्यापु प्रज्ञाभवनमा दिनको २ शो कार्यक्रम आयोजना हुने आयोजकले पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ ।

झीगु सःका संरक्षक एवं वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधरले यो कार्यक्रमको आयोजनाबाट उठेको रकमको केहि अंश उपचार गराइरहनु भएको गायक तथा संगीतकार सुमन कपालीलाई सहयोग गर्ने पनि उद्देश्य रहेको जानकारी गराउनु भयो ।

नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजबीर बज्राचार्यले काठमाडौं उपत्यका तथा नेवार बस्तीहरुमा नेपाल सम्बत अनुसार दशौं महिना गुंलाको पारुदेखि एक सातासम्म विभिन्न हास्य र  ब्यङ्ग र कटाक्ष  प्रस्तुत गर्ने परम्परा नै रहेको तथा विगतमा टोलटोलमा मञ्च बनाइ ख्यालः (हास्य तथा ब्यङ्गले भरिएको नाटकीय प्रस्तुति) प्रदर्शन गर्ने परम्परा हाल लोप प्रायः हुँदै गइरहेको उल्लेख गर्नुहुँदै यस्तो परम्पराको निरन्तरता यो प्रयास सफलताको कामना गर्नुभयो ।

कार्यक्रमका अतिथि ललितपुर महानगरपालिका वडा १६ का अध्यक्ष निर्मलरत्न शाक्यले यस्तो महत्वपूर्ण कार्यक्रममा स्थानीय तहको भूमिका सकारात्मक रहने तथा आफूले पनि सक्दो सहयोग गर्ने वचन दिनु भयो ।

सम्मेलनमा प्रेस विज्ञप्ति वाचन गर्दै झीगु सःका प्रमुख राजु राजदेव बज्राचार्यले सायाः नखः बारे मन्तब्य राख्नु भएको थियो भने सुकुन्दा फिल्मस् प्रमुख वासु शाहीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

सन्चारकर्मि  मञ्जु बज्राचार्यले सञ्चालन गर्नुभएको पत्रकार सम्मेलन पाटन दरवार क्षेत्रको स्वथँस्थित नेवाः सवाःमा भएको थियो ।

आयोजक संस्था झीगु सःले नाइस टेलिभिजनमा टेलिभिजन कार्यक्रम, रेडियो नेशन १०३.९ मेगाहर्जका लागि रेडियो कार्यक्रम झीगु सः (हाम्रो आवाज) तथा अनलाईन झीगु सः डटकम संचालन गर्दै आएको छ भने सुकुन्दा फिल्मस्ले  निर्माण गरेको मतिना, लुँयाम्ह झंगः, वाया दुने जाकि दु, क्या फसाद लगायत १६ चलचित्र प्रदर्शन भइसकेको छ भने निकट भविष्यमा बहिदार बाबु प्रदर्शनको तयारीमा रहेको छ ।

Categorized in साहित्य-कला