STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

लोक साँस्कृतिक संघको नयाँ कार्यसमिति गठन

Janjati Khabar – विजयरत्न असंबरे | २०८० आषाढ १, शुक्रबार

राष्ट्रिय लोक साँस्कृतिक संघको पाँचौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई असार १ गते एक समारोहको आयोजना गरी  प्रमाण पत्र प्रदान गरिएको छ । गायक तथा गीतकार राजेन्द्र  कार्कीको अध्यक्षतामा चयन

भएको नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा गायक, संगीतका तथा गीतकार अमृत खाती, उपाध्यक्ष कार्यक्रम तर्फ चर्चित संगीतकार दिपक शर्मा, उपाध्यक्ष संगठन तर्फ चर्चित गायक कृष्ण काफ्ले, महासचिव संगीतकार योगेन्द्र उपाध्याय, सचिव सञ्चारकर्मी कमला जोशी, कोषाध्यक्ष सरिता जिरेल, सहसचिव ध्वनी सम्पादक मनोज परियार र सदस्यहरुमा कलाकार नम्रता खरेल, मोडल तथा गायक दिपेन्द्र सोनाम, गायिका शोभा जि.सी., छायाँकार राजन खरेल, आईटी एक्सपर्ट डेविल सिंह  लगायतका रहेका छन् ।

नयाँ कार्यसमितिले नेपाली लोकसंस्कृति तथा नेपाली मौलिक कलाको जगेर्ना गर्नको लागि यस क्षेत्रमा सम्वद्ध रहेका कलाकार, गीतकार, संगीतकार, गायक÷गायिकाहरु, चलचित्रकर्मीहरु, प्राविधिकहरु तथा नेपाली भाषा संस्कृतिका लागि काम गर्ने विभिन्न व्यक्ति सम७३घढसदाय एवंम संस्थाहरुसंग सहकार्य गरि काम गर्ने संस्थाका अध्यक्ष कार्कीले जानकारी गराएका छन् ।

बरिष्ठ चलचित्र निर्देशक डा.घनश्याम खतिवडाको प्रमूख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा चलचित्र निर्देशक तथा संस्थाका सल्लाहकार माधव राज खरेल, सञ्चारकर्मी एवं सल्लाहकार विष्णु सवेदी, संगीतकार शंकर थापा “स्माईल”, संगीतकार तथा गायक रमेश पाठक लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा संगीतकार शंकर थापा स्माईल, संगीतकार तथा गायक रमेश पाठकलाई मानार्थ सदस्यता प्रदान गन७३घढर्सका साथै चलचित्र निर्देशक डा.घनश्याम खतिवडा, माधव राज खरेल, सञ्चारकर्मी विष्णु सुवेदी, संगीतकार राजेन्द्र बजगाई लगायतलाई सल्लाहकार सदस्यमा नयाँ कार्यसमितिले मनोनयन गरी सो प्रमाण पत्र समेत प्रदान गरेको छ ।

Categorized in साहित्य-कला