STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

लेवान्डोस्की फिफा वर्ष खेलाडी

Janjati Khabar – एजेन्सी | २०७७ पौष ३, शुक्रबार

जर्मन क्लब बायर्न म्युनिख तथा पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले फिफा वर्ष खेलाडीको अवार्ड जितेका छन् । 

विश्व फुटबलको प्रमुख प्रशासकीय निकाय फिफाले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ठ खेलाडीको अवार्ड गत वर्षका विजेता बार्सिलोनाका लियोनल मेस्सी र युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पारेर लेवान्डोस्कीले जितेका हुन् । 

लेवान्डोस्कीले गत सिजन ४७ खेलमा ५५ गोल गरेका थिए । उनले बायर्नलाई च्याम्पियन्स लिग, बुण्डेस लिगा र लिग कपको उपाधि दिलाएका थिए । 

महिला वर्ष खेलाडीको अवार्ड भने म्यानचेस्टर सिटीकी लुसी ब्रोन्जीले हात पारेकी छन् । 

राष्ट्रिय टिमका कप्तान, प्रमुख प्रशिक्षक, समर्थकले अनलाइन मार्फत गरेको भोट तथा २ सय खेल पत्रकारको मतका आधारमा विजेता घोषणा गरिएको हो ।

लेवान्डोस्कीले पहिलो यो अवार्ड जितेका हुन् । पछिल्ला वर्षमा यो अवार्डमा मेस्सी र रोनाल्डोको पकड रहँदै आएको थियो । लेवान्डोस्कीले मेस्सी र रोनाल्डोजस्ता खेलाडी जोडिएको यो अवार्ड आफूले जित्नु गर्वको विषय भएको बताए । 

लिभरपुलका प्रशिक्षक जार्गेन क्लोप्प उत्कृष्ट प्रशिक्षक, बार्यनका म्यानुएल नोएर उत्कृष्ट गोलरक्षक, सन ह्युङ–मिनले गत सिजन बर्नलीविरुद्ध गरेको गोलका लागि पुस्कास अवार्ड जितेका छन् । 

यसैगरी बेलायतमा बाल गरिबी अन्त्यका लागि गरेको प्रयासका लागि म्यानचेस्टर युनाइटेडका स्ट्राइकर मार्कस राशफोर्डलाई फिफा फाउन्डेशन अवार्ड प्रदान गरिएको छ ।

Categorized in खेलकुद