STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

लेखक सलमान रुस्दीमाथि सांघातिक आक्रमण

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण २८, शनिबार

काठमाडौं - अमेरिकाको न्यूयोर्कमा विश्वप्रसिद्ध लेखक सलमान रुस्दीमाथि सांघातिक आक्रमण भएको छ । भारतमा जन्मिएका उपन्यासकार रुस्दीमाथि न्यूयोर्कमा आयोजित एक कार्यक्रममा आक्रमण भएको हो ।

आक्रमणपछि भुइँमा ढलेका रुस्दीलाई कार्यक्रममा उपस्थित अन्य मानिसहरू मञ्चमा पुगेर उठाएका छन् । रुस्दीलाई उठाउँदै गरेको तस्वीर सामाजिक सञ्जालमा पनि पोस्ट गरिएका छन् । एएफपीका अनुसार प्रहरीले छुरा प्रहार भएको बताए पनि उक्त ब्यक्तिको नाम भने सार्वजनिक छैन ।

रुस्दीको स्वास्थ्यवस्थाको बारेमा तत्कालै जानकारी प्राप्त हुन नसकेको एएफपीले उल्लेख गरेको छ । सलमान रुस्दी सन् १९८१ मा प्रकाशित ‘मिडनाइट चिल्ड्रेन’बाट विश्वप्रसिद्ध भएका थिए । उक्त कृति बेलायतमा मात्रै १० लाख प्रति बिक्री भएको थियो ।

७५ वर्षीय रुस्दीले हालसम्म चार वटा पुस्तक लेखेका छन् । त्यसोत, सन् १९८८ मा लेखेका ‘द सटानिक भर्सेस’का कारण रुस्दी ९ वर्षसम्म भूमिगत बस्न बाध्य भएका थिए । उनले लेखेको पुस्तकले धार्मिक अनादर गरेको भन्दै उनीविरुद्ध फतवा जारी गरिएको थियो ।

Categorized in अन्तर्राष्ट्रिय