STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लुम्बिनी विकास कोषले कोरोना कोषलाई दियो १५ लाख

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १२, सोमबार

काठमाडौं । लुम्बिनी विकास कोषले लुम्बिनी सांस्कृतिक नगरपालिकाको कोरोना रोकथाम तथा उपचार कोषमा १५ लाख रुपैयाँ सहयोग गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रण र उपचारमा सहयोग पु¥याउन नगरपालिकालाई कोषले आइतबार उक्त रकम बराबरको चेक दिएको हो । कोरोना भाइरसविरुद्धको लडाईमा सहभागिता जनाउने उद्देश्यले लुम्बिनी विकास कोषको आन्तरिक बजेटबाट लुम्बिनी साँस्कृतिक नगरपालिकाले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा पन्ध्र लाख रुपैयाँ प्रदान गरिएको कोषका कायम मुकायम सदस्य सचिव ज्ञानिन राईले जानकारी दिए । नगरपालिकाका प्रमुख मनमोहन चौधरीले लुम्बिनी विकास कोषको सहयोगले कोरोना नियन्त्रण र उपचारमा महत्वपूर्ण सहयोग पुग्ने भन्दै कोषलाई धनयवाद दिए । कोषले लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रहेको तीन हजार जना क्षमताको सभाहल समेत क्वारेन्टाइन स्थापनाका लागि उपलव्ध गराउन सकिने प्रतिबद्धता सम्बन्धित निकायमा जनाइसकेको कामु सदस्य सचिव राईले बताए । यसअघि लुम्बिनीस्थित श्रीलंका पिलग्रिम रेष्ट हाउस र लुम्बिनी बौद्ध विश्वविद्यालयले निर्माण गरेको छात्रावास भवनमा लुम्बिनी साँस्कृतिक नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा समेत कोषले सहकार्य गरेको छ । यसअघि सरकारको आह्वान बमोजिम कोषमा कार्यरत कर्मचारीहरुको तलबबाट नेपाल सरकारले स्थापना गरेकोे कोरोना कोषमा दुई लाख उनानब्बे हजार चार सय अठहत्तर रुपैयाँ जम्मा गरिसकिएको राईले बताए । कोषको सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनीका असहाय एवं विपन्न परिवारहरुलाई चामल, दाल, नुन, तेल, मास्क, साबुन, सेनिटाइजर लगायतका सामाग्रीहरु लुम्बिनी साँस्कृतिक नगरपालिकाको समन्वयमा विभिन्न समयमा वितरण गर्दै आएको राईले बताए । कोषले लुम्बिनी गुरुयोजना क्षेत्र भित्र स्थानीय तहहरुले स्थापना गरेको २० वटा क्वारेन्टाइन स्थलहरुमा मास्क, पञ्जा, साबुन, पानी तताउने इलेक्ट्रिक जग लगायतका सामग्रीहरु सहयोगस्वरुप कोषले उपलब्ध गराएको छ ।
Categorized in राष्ट्रिय