STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

'लुमना वल'को युट्युब प्रिमियर

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ पौष ८, बुधबार

नेपालभाषाकाे संगीत क्षेत्रमा अहिले म्युजिक भिडियोहरु बनाउने क्रमले तिब्रता लिइरहेको छ । अहिले प्रत्येक हप्ता एकदुई वटा नयाँ म्युजिक भिडियोहरु सार्वजनिक भईरहेको छ । यसै क्रममा बुद्ध बार नेपालभाषाको एउटा गीत "लुमना वल"को म्युजिक भिडियो  सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपालको युट्युब मा सार्वजनिक गरिएको नेपालभाषा को यो  "लुमना वल" गीतमा  चण्डिका बाडे घजुको सुमधुर स्वर  रहेको छ । 

यस गीतका गीतकार शंकर खड्गी व राजेशमान सिंह हुन् भने संगीतकार सुमन कपाली हुन् । यो गीत को म्युजिक भिडियोमा सुजाना बज्राचार्य शाक्य , तिर्थ अवाले कुम्हा र किरण जोशी को अभिनय रहेको छ भने छायाँकार र सम्पादक सोहन मानन्धर को रहेको छ । 

सुजन बज्राचार्य ख्वपको  निर्देशनमा बनेको यस म्युजिक भिडियोका परिकल्पनाकार अनिल मिस्टर ग्लास हुन् र   निर्माताका रुपमा रबिन्द्र घजु रहेको यस गीतकाे निर्माण सुरेश खडगीले गरेका हुन् ।

Categorized in साहित्य-कला