STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

लुनकरणदास - गंगादेवी चौधरी साहित्यकला मन्दिरको बार्षिक उत्सव तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८० आश्विन २९, सोमबार

श्रीलुनकरणदास - गंगादेवी चौधरी साहित्यकला मन्दिर ३० औ बार्षिक उत्सव तथा श्रष्टा सम्मान कार्यक्रम २०८०  चर्चित अभिनेत्री मनिषा कोईरालाको प्रमुख आतिथ्यमा सोमबार सप्पन्न भएको छ । 

सो कार्यक्रममा कार्य समितिको चयन गरेको छ । जस अनुसार साहित्यकला मन्दिरका  वसन्त चौधरी  संरक्षक रहेर आफ्नो सुपुत्री  मेघा चौधरी संस्थाको अध्यक्ष पदमा मनोनीत गरिएको छ । त्यसैगरी उपाध्यक्षमा  हरिहर शर्मा, महासचिवमा रमण घिमिरे, कोषाध्यक्षमा मनिष खेमका, सदस्यहरुमा  रायन श्रेष्ठ, प्रा.डा. उषा ठाकुर,  राजेन्द्र शलभ चयन हुनु भएको छ ।

उक्त अवसरमा प्रा. बिधानाथ उपाध्याय भट्ट , ईतिहासशिरोमणि बाबुराम आचार्य सोधसम्मान डा. बिष्णुविभु घिमिरे र  लक्ष्मण नेवटिया सरस्वती सम्मान, 

 झुमा लिम्बू नारायणगोपाल संगीत सम्मान बाट सम्मानित हुनुभएको थियो ।

 उक्त अवसरमा लक्ष्मण नेवटिया द्वारा लिखित "व्यङ्ग्यधाम” र प्रा.डा. उषा ठाकुर द्वारा लिखित  "विचार र विश्लेषण” पुस्तकहरू विमोचन भएको थियो ।

Categorized in साहित्य-कला