STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

लिफ्ट दिँदा गाडी नै लुटियो

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ १३, सोमबार

काठमाडौं -  भारतीय लुटेरको एक समूहले गाडीमा लिफ्ट माग्दै उल्टै गाडी लुटेर लगेका छन् । डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कर्मचारीमाथि कैलालीको गोदावरीमा उक्त आक्रमण भएको हो ।

यसरी आक्रमणमा पर्ने कर्मचारी कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारी रहेको खुलेको छ । उनलाई महेन्द्रनगरदेखि गाडीमा लिफ्ट मागेर चढेका तीन जना भारतीय लुटेराले गोदावरी आइपुग्दा हातखुट्टा बाँधेर कुटपिट गरी फालिदिएका थिए । लुटेराको समूहले गाडी र पैसा लुटेर लगेको कैलाली प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घुम्न आएको बहानामा उनीहरुले गाडीमा लिफ्ट मागेका थिए । गोदावरीको उकालोतिर पुगेपछि भण्डारीलाई हातखुट्टा र मुखमा बाँधेर कुटपिट गरी गुडुल्काइदिएको र गाडी चाहिँ लुटेर लगेको बुझिएको छ । फाेटाे खिचिदिनु पर्याे भनेर गाडीमाबाट झरेपछि आक्रमण भएकाे हाे । स्थानीयले भण्डारीको उक्त हालत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घाइते अवस्थामा भेटिएका भण्डारीलाई अहिले उद्धार गरेर पद्या अस्पतालमा उपचार गराइरहेको बताइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

Categorized in अपराध-दुर्घटना