relans
ni new 83
nib 2082 5

लामो दूरीका सवारीसाधन आवागमन रोकिए

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १०, सोमबार

कोरोना भाइरसको सम्भावित जोखिम रोक्नआजदेखि लामो दूरीका सवारीसाधन आवागमन रोकिएको छ । सरकारको आजदेखि लामो दूरीका सवारीसाधन रोक्ने निर्णयलाई कार्यान्वयन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको आइतबार बसेको बैठकले आजदेखि लामो दूरीका सवारीसाधन आवागमन रोक्ने निर्णय गरेको थियो सवारीसाधनमा हुने भीडभाडका कारण सो भाइरसको सङ्क्रमणको जोखिम बढ्ने जनाउँदै सरकारले चैत २१ गतेसम्म सार्वजनिक सवारीसाधन रोक्ने निर्णय गरेको थियो । महासङ्घका महासचिव सरोज सिटौलाले सरकारले गरेको निर्णयअनुसार नै लामो दूरीका सवारीसाधन आइतबार राति १२ बजेदेखि रोकिएको जानकारी दिए ।
Categorized in राष्ट्रिय
ppp 2