STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

लामिछानेलाई राष्ट्रिय टोलीमा फर्काइएकोमा बिरोध प्रदर्शन

Janjati Khabar – Janjati Khabar | २०७९ माघ २१, शनिबार

काठमाडौँ - नाबालिका बलात्कारको अभियोग लागेको क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा फर्काइएको भन्दै बिरोध प्रदर्शन भएको छ ।

शनिवार दिउँसो माईतीघर मण्डलामा नेपाल क्रिकेट संघ क्यानबिरुद्ध प्रदर्शन भएको हो । प्रदर्शनकारीले अभियुक्त रमाउँदै, पीडित डराउँदै, मेरो राष्ट्रिय टिममा बलात्कारको अभियुक्त हुन सक्दैन, उता फिक्सिङ गराउने यता अभियुक्तलाई क्याम्पमा राख्ने क्यान मुर्दावाद, खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन, क्यानका लठुवाहरुको बेइमानी, अभियुक्तहरुको जमानी लगायत नारा अंकित प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।

क्यानले बलात्कारको आरोप लागेका क्रिकेटर लामिछानेलाई समेट्दै लिग डिभिजन टुअन्तर्गत नेपालमा हुने नामेबिया र स्कटल्याण्डसँगको खेलका लागि २० जनालाई क्याम्पमा बोलाएको थियो ।

क्रिकेटर लामिछाने शुक्रवारबाट नियमित अभ्यासमा छन् । बलात्कारको आरोप लाकेपछि सन्दीपलाई क्यानले निलम्वन गरेको थियो । गत मंगलवार पोखरामा बसेको क्यानको बोर्ड बैठकले नेपालको क्रिकेटलाई उकास्नका लागि सन्दीपलाई खेलाउनैपर्ने बाध्यता रहेको क्यानले जनाएको थियो । बैठकले सन्दीपमाथिको निलम्वन फुकुवा गर्दै उनलाई प्रशिक्षणमा बोलाएको थियो ।

पाटन उच्च अदालतले सन्दीपलाई २० लाख धरौटीमा रिहा गरेको थियो । उनलाई क्रिकेट खेल्न भने रोक लगाइएको छैन । तर उनलाई धरौटीमा छाड्न नहुने भन्दै महान्यायाधिवक्ताले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको छ ।

Categorized in खेलकुद