STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

लागुऔषध ब्राउनसुगरसहित तीन पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २२, आइतबार

बाह्र ग्राम लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मधुवन नगरपालिका–४ का दिनेशकुमार बोहोरा, पुष्कर शाही र सुशील भारती रहेका छन् । तीनै जनालाई इलाका प्रहरी कार्यालय सानोश्रीको टोलीले मधुवन नगरपालिका–५ मा रहेको श्रीकृष्ण सामुदायिक वन नजिकबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक मदनजीत महराले पक्राउ परेकाको साथबाट १२ ग्राम ब्राउन सुगर बरामद गरेको बताउनुभयो । पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको निमित्त प्रमुख महराले जानकारी दिनुभयो ।
Categorized in अपराध-दुर्घटना