STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लाइसेन्सको अनलाइन आवेदन बन्द

Janjati Khabar – Janjati Khabar | २०७८ कार्तिक ११, बिहिबार

कात्तिक ११, काठमाडौं - यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द गरेको छ । विभागले प्राविधिक कारण देखाउँदै लाइसेन्सको आवेदन बन्द गरेको हो ।

कोरोना भाइरसको महामारीका कारण बन्द रहेको लाइसेन्सको आवेदन गत सोमबारदेखि खुला गरिएको थियो । तर, आवेदन खुला गरिएको केही दिनमै प्राविधिक कारणले बन्द गर्नुपरेको विभागले जनाएको छ ।

'सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणालीमा केही प्राविधिक समस्या देखिएको हुनाले मर्मतका लागि बन्द गरिएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ,' विभागले आज प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

विभागले प्रणाली मर्मतको कार्य भइरहेको जानकारी पनि दिएको छ ।

Categorized in राष्ट्रिय