relans
ni new 83
nib 2082 5

ललिता निवास प्रकरण : पक्राउ परेकालाई थप ५ दिन थुनामा राख्न अनुमति

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण ५, शुक्रबार

काठमाडौं - काठमाडौं जिल्ला अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जनालाई थुनामा राखेर अनुसन्धान गर्न थप ५ दिनको समय दिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले म्याद थपका लागि शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालत उपस्थित गराएको थियो।

यता सर्वोच्च अदालतले बन्दी प्रत्यक्षिकरणको रिटमा आदेश सुनाउने तयारी गरेको छ। पक्राउ परेका बहालवाला सचिव कृष्णबहादुर राउतसहित ४ जनाले बन्दी प्रत्यक्षिकरणको रिट दायर गरेका थिए।

यसअघि हदम्यादको प्रश्न उठाउँदै १७ जनाका हकमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको भन्दै आफुहरुलाई पनि थुनाबाहिर राखेर अनुसन्धान हुनुपर्ने उनिहरुको माग छ।

काठमाडौं जिल्ला अदालतले पक्राउ परेकाको हकमा अन्तरिम आदेश जारी नभएको भन्दै थुनामा राख्न अनुमती दिएको थियो। बन्दी प्रत्यक्षीकरणको रिटमा गत आइतबारदेखि लगातार बहस भइरहेको थियो। बिहीबार नै बहस सकिएपनि आदेश आएको छैन।

Categorized in अपराध-दुर्घटना
ppp 2