STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ललितपुर सुनागुथिका संगीतकर्मी कृष्णभक्त महर्जनले हङकङमा बसी सार्वजनिक गरे “हाम्रो जोडी...” (भिडियो)

Janjati Khabar – ललेन्द्र शाक्य | २०७८ माघ २४, सोमबार

ललितपुर जिल्लाको ऐतिहासिक नेवाः बस्ती सुनागुथिका चर्चित गायक, संगीतकार एवं गीतकार कृष्णभक्त महर्जनले ‘हाम्रो जोडी...’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । हाल सबपरिवारका साथ हङकङमा रहँदै आउनुभएका संगीतकर्मी कृष्णभक्त महर्जनको शव्द तथा संगीतमा उक्त नयाँ गीतको म्यूजिक भिडियो ‘हाम्रो जोडी...’ सार्वजनिक भएको हो ।

संगीतकर्मी महर्जनद्वारा रचित एवं संगीतबद्ध ‘चैत मास ऐ रेशम कोइलीले गायो हाम्रो जोडी दैवले जुरायो‘ बोलको युगल गीतमा चर्चित गायिका अञ्जु पन्त तथा हङकङमै रहेका गायक महेश शिल्पकारद्वारा स्वर प्रदान गरिएको छ भने संगीत संयोजन एवं मिक्सिङ कीर्तिपुर निवासी चर्चित संगीतकर्मी हरिशरण साय्मिले गर्नुभएको छ ।

महर्जनको ‘हाम्रो जोडी...’ गीतको म्यूजिक भिडियोमा सुनिल क्षेत्री, गीता ढुंगाना लगायत अन्य कलाकारहरुको जीवन्त अभिनय रहेको छ भने छायाँकन अनिल मगर तथा कोरियोग्राफी सुनिल मगरको रहेको छ । यस्तै म्यूजिक भिडियोको निर्देशन बालकुमार मगरले गरेका छन् ।

स्मरणीय रहोस्, करिब महिना दिन अगाडि संगीतकर्मी कृष्णभक्त महर्जनले आफ्नै रचना, संगीतमा आफ्नै छोरी गायिका सोनम महर्जनसंग डान्सिङ नम्बर युगल गीत ‘नाचन माया नाचन...’ को म्यूजिक भिडियो रिलिज गर्नुभएको थियो । संगीतकर्मी महर्जन खस नेपाली भाषा संगीतमा मात्र नभई नेपालभाषा संगीत क्षेत्रमा पनि एक चर्चित संगीतकर्मीको रुपमा प्रख्यात हुनुहुन्छ ।

सायद, विदेशमा बसेर पनि आफ्नो मातृभाषा नेपालभाषा एवं राष्ट्रिय भाषा नेपाली भाषाका गीत संगीतप्रति मोह जगाई विदेशमा बसेर पनि आफ्नो देशको संगीतलाई जगेर्ना गर्नु पर्छ भन्ने भावनाले ओतप्रोत संगीतकर्मी कृष्णभक्त महर्जन पनि एक हुन् । विदेशमा बसेर असंख्य रुपमा निरन्तरताका साथ आफ्नोपनको आफ्नो देशको  गीत संगीत सिर्जना गर्ने संगीतकर्मी मात्र कृष्णभक्त महर्जन हुनुपर्दछ । विदेशिए पनि आफ्नो जन्मथलो, मातृभूमि, मातृभाषा, देश, राष्ट्रभाषा, मौलिक संगीत एवं आफ्नो देशको संगीतलाई माया गर्नु नै एक उच्च गौरवको भावनात्मक विषय हो । संगीतकर्मी कृष्णभक्त महर्जनको सकारात्मक सोंचका कारण नै संगीत आकाशमा उड्न सफल व्यक्तित्वको रुपमा लिन सकिन्छ ।

(यहाँ क्लिक गर्नुहोस्, हाम्रो जोडी हेर्नुस्...)

Categorized in साहित्य-कला