STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ललितपुर महानगरपालिका १६ वडाबारे पुस्तक प्रकाशित

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ बैशाख ७, बुधबार

ललितपुर महानगरपालिका १६ वडाको प्रोफाइल तथा वडा १६ चिनारी समेटेर दुईवटा पुस्तक प्रकाशनमा आएको छ । वडा १६ का सल्लाहकार डा. गम्भीरलाल राजभण्डारीले एक समारोहकाबीच उक्त दुई प्रकाशन सार्वजनिक गर्नुभएको हो ।

२ बर्षभन्दा बढी समय लगाएर वडाका प्रत्येक घरधुरी पुगी तयार पारिएको वडाको प्रोफाइल सगुन धाख्वाःको संयोजकत्वमा तयार पारिएको हो । विनय धाख्वा, साक्षी राजभण्डारी तथा २० जना तथ्याङ्क संकलनहरुको सहभागितामा तयार पारिएको सो प्रोफाइलका बारे बोल्नु हुँदै संयोजक धाख्वाःले कोभिड १९ को महामारी लगायत अनेकौं बाधा ब्यवधानकाबीच प्राफाइल तयार गर्न सकेकोमा खुशी ब्यक्त गर्नुभयो । मन्तब्यकै क्रममा उहाँले वडाका वासिन्दा, घरधुरी, सम्पदा लगायतका महत्वपूर्ण तथ्याङ्कीय स्थितिबारे पनि प्रकाश पार्नु भयो ।

३५ अौं विश्व कला नगरीको रुपमा उल्लेख भएको ललितपुर महानगर तथा यस महानगरभित्रको सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण १६ वडाको चिनारी पुस्तक भने रविन्द्र शाक्यको संयोजकत्वमा तयार पारिएको हो । सुनील महर्जनको सम्पादनमा प्रकाशित २०० पृष्ठको चिनारी पुस्तकमा अमृत बज्राचार्य, विजयज्योति र विकास खड्गेको फोटो रहेको छ भने क्यू–ग्राफिक्सका भूषण कपालीको डिजाइन रहेको छ ।

पुस्तकमा वडाका जनप्रतिनिधिहरुको परिचय, वडा परिचय, सम्पदा, पाटीपौवा, पर्यटकीय क्षेत्र, अमूर्त सम्पदा, बहाःबही परिचय, पानीको श्रोत, वडा विवरण, वडा गतिविधि तथा कोषहरुबारे उल्लेख गरिएको छ ।

पुस्तक लोकार्पण कार्यक्रममा धन्यवाद ज्ञापन गर्नुहुँदै वडा अध्यक्ष निर्मलरत्न शाक्यले वडाको प्रगतिकै लागि दिनरात नभनी खट्ने सम्पूर्णप्रति कृतज्ञता ज्ञापन गर्दै वडा प्रोफाइल एवं चिनारी तयार गर्न योगदान गर्ने सबैलाइ धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले वडा एतिहासिक, सांस्कृतिक पहिचानमा वडाका जनप्रतिनिधि तथा वडाका वासिन्दाहरुको समर्पणले नमूना वडाको रुपमा स्थापित गरेको उल्लेख गर्नुभयो ।

Categorized in उपत्यका